Default Banner
तालाबन्दी (Lock-down) अर्थ, आवश्यकता र महत्व
तालाबन्दी (Lock-down) अर्थ,  आवश्यकता र महत्व
Author: बद्रीप्रसाद सिवाकोटी

Lock-down (तालाबन्दी) भनेको के हो ? तालाबन्दिलाई अंग्रेजिमा Lock-down भनिदो रहेछ । अहिले यो शब्द खुब चल्तिमा छ । यो सरकारको आधिकारिक निर्देशनमा प्रयोग गरिएको शब्द हो । नेपाली मातृभाषामा तालाबन्दी भनेको भए पनि हुन्थ्यो भन्ने कतिलाई लागेको हुन सक्छ । अब अलिकती शब्दको अर्थ र व्यवहारका कुरा गरौं । तालाबन्दी भनेपछी हामी नेपालिले बुझ्ने सरल नेपाली भाषामा ढोका अथवा दैलो बन्द गरेर ताल्चा लगाउनु भन्ने बुझ्ने हो । फेरि ढोका वा दैलो बन्द गर्दाका अवस्था र आवस्यक्ताको पनि कुरो हुन्छ । बुझ्नु पर्ने अर्को विषय भनेको घर, पाठशाला, मठ्मन्दिर, मस्जित, गुम्बा, कार्यालय, उधोग, कलकार्खाना आदि आदि, जहाँ ढोका सहितको भवन हुन्छ । ताल्चा, साँचो लगाएर भन्दापनी पहिला दैलो वा ढोका बन्दगरेर त्यसलाई सजिलै खोल्न वा उघार्न नसकिने बनाउने हो । यसको आवस्यकता र महत्व कहिले र कसरी सुरु भयो भन्ने विषय खोजको विषय हुन सक्छ । यहाँ यति मात्र सबैले बुझेको कुरा के हो भने जिउधनको सुरक्षाको लागी तलाबन्दी गरिन्छ । आफु भित्र वा परिसरमा नरहंदाको अवस्थामा अति मुल्यवान वस्तुको सुरक्षाको खातिर तालाबन्दी गरिन्छ । समाजको विकास क्रमसँगै प्राकृतिक तथा कृतिम वस्तुमाथिको स्वामित्वमा तेरो-मेरोको चलन सुरु भयो । बटुल्न, सोर्न, कमाउन, थुपार्न, संग्रह गर्न व्यक्तिगत स्वतन्त्रता सँगै मानिसमा लोभ लालचको आदत बस्यो । त्यसकोलागी मानिसले बुद्धि, बिबेक, बिचार र रणनिती बनाउन थाल्यो । एकले अर्काको वस्तु खोस्ने, लुट्ने चोर्ने र प्राप्त भएको सामानको सुरक्षाको लागी सुरक्षित स्थानमा तालाबन्दी गर्ने गरियो । कतिपय अवस्थामा मानिस आफ्नै जिवनको नस्ट गरेर वस्तुमाथिको अधिकार खोस्ने हुनाले बास बसेको आवास गृहमा समेत ताला लगाइन थालेको हुनसक्छ । त्यस्तै सार्वजनिक भवन, आवास तथा औधोगिक क्षेत्रमा समेत तालाबन्दिको आवस्यक्ता परेको हो भन्ने भुझाई हो । खासगरेर मानिसको गलत आचरणका कारण मानिसबाटै मानिसको जिउधनको सुरक्षाको लागी मानिसले नै अपनाएको प्रविधी हो, आज सबैले उचारण गर्ने गरेको तालाबन्दी( Lockdown ) याने की साँचो लगाउने । केहि महिना यता यो शब्द हरेकको मुखरबिन्दुबाट खुब प्रस्तुत हुनेगरेको छ । विश्वको नागरिकले आफ्नो सुरक्षाको लागी आफ्नो व्यवसायलाई तालाबन्दी (Lock-down ) गर्ने गरेका छन । यो अरु बेलाको हड्ताल(Strike) भन्दा विषय र प्रकृतिले नै फरक छ । आवत-जावतका जल, थल र हवाई मार्ग समेतमा तालाबन्दी, जहाँ दैनिक हजारौं मानिसहरुको नजिकको जमघट र लेनदेन हुने गर्द छ । यो एउटा नयाँ सरुवा रोगको रुपमा देखापरेको कोरोना नाम गरेको भाइरसबाट आफ्ना नागरिकलाई जोगाउन राज्यले लागु गरेको रणनिती हो; Lock-down (तालाबन्दी) । अहिलेको अवस्थामा एकबाट अर्कोमा सर्न सक्ने, उपचारकोलागी खोप बनि नसकेको अवस्थामा मानिसको बचावटलाई सर्बोपरी धान राखी विस्वव्यापी अपनाईएको बिधी र प्रणाली हो तालाबन्दी( लकडाउन) । यो सरकारले घोषणा गर्छ । नागरिकले कानुन सरह पालना गर्छन । राज्यको सिमाभित्र रहेका अन्य राज्यका नागरिक वा नागरिक हुनाबाट बन्चितिकरणमा परेका वा प्रकृयामा रहेका जो कोहि मानव जिवन रक्षाको दायित्व सम्बन्धित राज्यको हुन्छ । यो विश्वव्यापी मान्यता हो । Lock-down(तालाबन्दी) का केहि अस्पष्टता पनि छन । कुरा के हो भने मनिसलाई घरभित्र बस्नु भनियो, एक अर्कामा सामाजिक दुरि बढाउनु भनियो, साबुन-पानीले हात धुनु भनियो, मुखमा माक्स लगाउनु भनियो । ठुलो समुहमा हुने भेटघाट र सामाजिक कार्यमा सहभागी नहुनु भनियो । होला, यो एउटा सुरक्षाको बिधी । तर, मानिसलाई एक्लो र बन्दी अवस्थामा राख्दा उस्को खाना खाएर बाच्ने स्थितिलाई प्राथमिकतामा राखिएन । अर्को सबै व्यक्तिको ताला लगाउने प्रकृतिका आवास छैनन भन्ने हेक्का राखिएन । मानिससँगै धेरै प्राणिहरु निर्भर छ्न, ति पशु पन्छिहरुले पनि बाच्नको लागी खाना खानु पर्छ । कतिपय राज्यमा मानिस नागरिकको हैसियतले होस वा बन्चितिकरणले सँधै Lock-down (तालाबन्दी) मै बाँचेका छन । उनिहरुकालागी घर, स्कुल, धार्मिक मठ-मन्दिर, चर्ज, मस्जित, गुम्बा, बस, जहाज, उद्योग, कल-कार्खाना सँधै Lock-down (तालाबन्दी ) । ठुला शहर, फराकिला राजमार्ग, महगा पसल, लक्जरी कार र सपिङ्ग सेन्टर मा लगाइने तालाबन्दिले तिनको जिवनन चर्यामा के फर पर्छ । त्यो वर्ग वा समुह जस्को प्रशंगमा यो पनि सत्य हो, तिनलाई कुनै रोग लाग्छ भन्ने पनि थाहा छैन, कोरोना भन्दा खतर्नाक रोगबाट तिनका पुर्खा बिते। तर, उनिहरु दैवको खटनमा विश्वास राखेर आए । अहिले पनि त्यो सोच, चिन्तन र त्यो व्यबहारले तिनको दिमागमा घर गरिरहेको हुनुपर्छ । तर, राज्यलाई त्यो थाहा छैन, तालाबन्दी व्यक्तिको मुखमा लगाएको छ, पेटमा लगाएको छ । राज्यलाई लाग्छ " सबैका घरभित्र खाना पुर्व तयारी छ ।" सबै मानिस उपल्लो वर्गका छ्न । तिनका घरभित्र फ्रीजमा महिनौ पुग्ने पकवान भेराइटी छ । फलफुलको डङ्गुर छ । अन्न- पानीले भण्डार भरिएको छ । मुखमा मास्क लगाएपनी पाइपबाट सेवन गर्ने अत्याधुनिक प्रविधि छ । राज्य कोषबाट राहत त बहाना मात्र हो, आफनै आसेपासे कारिन्दा पाल्ने, कमिशन खाने, राज्यको ढिकुटी सिध्याउने । जुन राज्यका सिमाभित्र आफ्ना सरकारका तह र निकायले नागरिकको व्यक्तिगत पहिचाहन, व्यवसाय, आम्दानीको स्रोत, पारिवारिक बिवरण र तिनका पन्जिका फाइल राख्ने सम्म बिवेक गुमाएका छन, तिनले कसलाई कसरी दिन्छन राहत? कसरी दिन-दुखिको घाउमा मलम लगाउन सक्छ्न? ति मानिस जसको जिवन, सँधै लकडाउन छ, तिनबाट के पाइन्छ र राज्य तिनको जिम्मा लिन्छ! वर्गिय समाजले वर्गकै हित गर्ने हो । हुनेकाने र हुँदाखाने बिचको खाड्ल विश्वभरी नै छ । स्वार्थी मानिसको बिचमा कोरोना नाम गरेको भाइरस एउटा जैविक युद्धको पक्ष बनेर देखियो ।